Aadarsh-Daily

पर्सामा १८०० पिस लागू औषधसहित एक पुरुष पक्राउ

ad-4p

वीरगन्जमा प्रहरीले ठूलो परिमाणमा लागू औषधसहित एक पुरुषलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १३ राधेमाई घर भएका ४८ बर्षिय विनोद गुप्ता रहेका छन् ।गुप्तालाई नेपालमा प्रतिबन्धित लागू औषध नाइट्रोभेट ट्याब्लेट एक हजार ८०० पिससहित पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरक्षिक कुमार विक्रम थापाले जानकारी दिए ।

content ad p2
content left

थापाका अनुसार,सोमबार दिउँसो वीरगन्जको पावर हाउस चोकबाट गण्डक चोक तर्फ पैदल जाँदै गरेका गुप्तालाई प्रहरीले पावर हाउस चोकमा रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा उनको शरिर खानतलासी गर्दा उनले बोकेको कालो प्लाष्टिकको झोलाबाट ३० ट्याब्लेटका दरले ६० पत्तामा एक हजार ८०० पिस प्रतिबन्धित लागू औषध नाईट्राभेट ट्याबलेट फेला परेको थापाले बताए ।

लागू औषधसहित पक्राउ परेका गुप्तालाई प्रहरी हिरासतमा राखेर उनिविरुद्ध लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जानकारी थापाले दिए ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily