Aadarsh-Daily

पर्साको ठोरीमा निर्माण हुने घण्टाघरको शिलान्यास सम्पन

ad-4p

पर्साको ठोरीमा निर्माण हुन लागेको घण्टाघरको शनिबार शिलान्यास गरिएको छ।ठाेरी गाँउपालिका वडा नम्बर ४ विजयबस्ती चाेकमा निर्माण गर्न लागिएको घण्टाघरकाे शनिबार वडाध्यक्ष मानबहादुर थिङले शिलान्यास गरेका हुन्।

content ad p2
content left

गाँउपालिकाकाे चालु आर्थिक वर्षको बजेटबाट विनियोजित ६४ लाख ९८ हजार रुपैयाँ लागतमा विजयबस्ती चोकमा घणटघर निर्माण हुन लागेको हो ।घण्टाघर निर्माणको ठेक्का प्रकाश निर्माण सेवा कम्पनीले सकारेको छ । आगामी असार मसान्तभित्रै घणटघरकाे निर्माण कार्य सक्ने गरी निर्माणको ठेक्का दिइएको गाँउपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष श्रेष्ठकै प्रमुख आतिथ्यतामा भएकाे शिलान्यास कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा, एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठ, नेपाली कांग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठ ललगायतकोपनि उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily