Aadarsh-Daily

भारतीय नागरिक वीरगञ्जबाट ५ लाख नगदसहित सशस्त्र प्रहरीको नियन्त्रणमा

ad-4p

वीरगञ्ज । सशस्त्र प्रहरीले स्रोत नखुलेको ५ लाख नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरालिका वडा नम्बर १६ शंकाराचार्य गेटबाट प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले ५ लाख नगद बरामद गरेको हो ।

content ad p2
content left

चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा भारतीय पूवई जम्पारण रक्सौल नगर पञ्चायत ७ बस्ने २४ वर्षीय उमेश कुमार यादवलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

यादवको साथबाट नेपाली ५ लाख नगद बरामद गरिएको सूचना अधिकारी एवम् सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले जानकारी दिए । आवश्यक अनुसन्धानका लागि बरामद रकमसहित वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily