Aadarsh-Daily

मधेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरू राजीनामा दिएन

ad-4p

जनकपुरधाम । पार्टीले राजीनामा दिन निर्देशन दिए पनि मधेश प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले टेरेका छैनन् ।

content ad p2

मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकार छ । केन्द्रमा जसपा वर्तमान सत्ता गठबन्धनमा सामेल छ ।
मधेश सरकारमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव भौतिक पूर्वाधार विकासमन्त्री, वीरेन्द्र सिंह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र मोहम्मद समिम गृह सञ्चार तथा कानुन मन्त्री छन् ।

मुख्यमन्त्री सरोजकुमार यादवले पनि केही दिनअघि कांग्रेसका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए । तर कांग्रेसका मन्त्रीहरू मुख्यमन्त्रीले बर्खास्त नगर्दासम्म सरकारमै रहने बताएका छन् ।
कांग्रेस संसदीय दलका नेता समेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले मुख्यमन्त्रीले आफूहरूको राजीनामा नमागेको दाबी गरे । ‘हिजो गठबन्धन गर्दा मन मिलेर गरिएको थियो । अहिले छोड्दा नराम्रो सन्देश जान्छ । हामीलाई यो सरकारमा कुनै अप्ठ्यारो महसुस भएको छैन’ मन्त्री यादवले भने ‘यदि मुख्यमन्त्रीलाई कांग्रेस चाहिएको छैन भने हटाउनुस्, हामी स्वीकार्छौं ।’

content left

मुख्यमन्त्री यादवले भने सरकार पुनर्गठनको तयारीमा लागेको बताए । उनले एमालेलाई सरकारमा ल्याएर मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् ।

१४ सदस्यीय मन्त्रिपरिषद्‌मा जसपाका मुख्यमन्त्री सहित ४ मन्त्री र १ राज्यमन्त्री छन् । गत ९ माघमा जनमत पार्टीले छाडेको दुई मन्त्रालय पनि मुख्यमन्त्री यादवले सम्हालिरहेका छन् । कांग्रेसका ३, माओवादी केन्द्रका १ मन्त्री र १ राज्यमन्त्री, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका १/१ मन्त्री छन् ।

मन्त्रिपरिषद् पुनर्गठन गर्दा एमालेलाई कांग्रेसको भागमा रहेका ३ र जनमतले छाडेको २ मध्ये १ मन्त्रालय र माओवादी केन्द्रलाई थप १ मन्त्रालय दिने तयारी छ ।

१०७ सदस्यीय मधेश प्रदेश सभामा बहुमतका लागि ५४ मत आवश्यक पर्छ । मधेशमा एमालेका सभामुखसहित २४, जसपाका १९, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीको ७ सिट छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily