Aadarsh-Daily

पर्सागढीका एक जना ३ किलो गाँजासहित पर्सा प्रहरीको नियन्त्रणमा

ad-4p

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ३ किलोग्राम प्रतिबन्धित लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौबाट सेतो प्लाष्टिकको झोला साथमा लिई शंकास्पद रुपमा भारततर्फ जाँदै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

content ad p2
content left

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको चेकिङ् टोलीले खानतलासी गर्ने क्रममा पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ९ एकटांगा बस्ने ४२ वर्षीय मुरारी प्रसाद यादवले आफ्नै शरिरमा टेपले बेरी लुकाईछिपाई राखिएको अवस्थामा ३ किलो २ सय ग्राम गाँजा फेला परेको प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

प्रवक्ता थापाकाअनुसार पक्राउ परेका यादवविरुद्ध लागूऔषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ ।

 

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily