Aadarsh-Daily

मधेस प्रदेशमा एमाले नेता यादव मन्त्री नियुक्त

ad-4p

जनकपुरधाम,५चैतःमधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेपाली कांग्रेसबाट मन्त्री बनेकाहरुलाई बर्खास्त गरेर मुख्यमन्त्री यादवले एमाले नेतालाई सरकारमा सहभागी गराएका छन् ।

content ad p2

सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादव मन्त्री नियुक्त भएको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ ।संघ सरकारामा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीसहितको गठबन्धन बनेपछि मधेसमा एमालेका नेता यादव मन्त्री नियुक्त भएका हुन् ।

content left

मधेस सरकारमा नेपाली कांग्रेसबाट ३ जना मन्त्री छन् । त्यस्तै जनमत पार्टीका सांसदले सरकार छाड्दा खाली भएका २ मन्त्रालय पनि मुख्यमन्त्रीको जिम्मामा छ । स्रोतका अनुसार नेकपा एमालेले ४ वटा मन्त्रालय पाउनेछ ।

एमाले नेता सरोजकुमार यादव यसअघि २७ पुस २०७९ मापनि मधेसको भौतिक पूर्वाधार मन्त्री बनेका थिए । तर केन्द्रमा गठबन्धन फेरिएपछि एमाले सरकारबाट बाहिरिएको थियो ।

एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले तत्काल एकजना मात्रै सरकारमा सहभागी भएको र पछि पुनः ३ जना सहभागी हुन सक्ने बताए ।साभारः अनलाइनखबरबाट

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily