Aadarsh-Daily

वीरगन्जको बाल सुधार गृहको पूर्वाधार अत्यन्तै दयनीय

ad-4p

वीरगन्ज । वीरगन्जको विर्ता स्थित बाल सुधार गृहको पूर्वाधार अत्यन्तै दयनीय रहेकोले यसलाई व्यवस्थित बनाउन सरोकारवालाले बताएका छन । सुधार गृहलाई नै सुधार गर्नु पर्नेमा सरोकारपक्ष चिन्तीत देखिए । मंगलवार बालगृह परिसरमा आयोजित वस्तु तथा उपकरण हस्तनांन्तरण कार्यक्रममा सहभागी सरोकारवालाले सुधारगृह शब्दावली अनुसार कै हुनु पर्नेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय बाल न्याय समितिका सदस्य सचिव एवं सर्वोच्च अदालतका रजिष्टार नारायण प्रसाद पन्थीले यस सुधार गृहको लागि सर्वप्रथम पूर्वाधार फेर्नुपर्ने योजना बनाउनु पर्ने बताए । उनले पूर्वाधार निर्माणको लागि उपयुक्त जग्गा व्यवस्थापन गरि छुटै भवन बनाउन न्यायिक समितिको तर्फबाट पहल गर्ने बताए ।

content ad p2
content left

कार्यक्रममा पर्सा जिल्ला अदालतका जिल्ला न्यायाधिष दिपक खनालले सुधार गृहमा कैदीलाई कोचेर राख्नु भन्दापनि उसलाई खेलकुद, शिक्षा, मनोरन्जन लगायतका अन्यकृयाकलाप गर्ने व्यवस्था संगै उपयुक्त पूर्वाधार सरसफाई व्यवस्थापन भएमा मात्र साचिकै सुधार गृह हुने बताए । सुधारगृहमा अव्यवस्थताका कारण धैरै जसो बालकैदीहरुले आफुहरुलाई सुधार गृह भन्दा कारागारमा नै पठाई दिन अनुरोध गर्ने गरेको सुनाए । सुधारगृह संचालनको कानुर र पूर्वाधारमा सुधार नगरे सम्म यस्को परिकल्पना अनुसारको नतिजा नआउने खनालले प्रष्ट पारे । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले बाल कैदी सुधार गर्ने गृहहरुको व्यवस्थापन र विभिन्न नितिगत पक्षलाई नै सुधारको खाचो रहेको बताए । उनले निगरानी गर्ने विभिन्न सरोकारवालाको आवश्यक्ता भएपनि सुधारगृहको नितिगत निणर्य ,सुरक्षा, व्यवस्थापन तथा बजेट संचालन एउटै मन्त्रालयबाट भएमा सहज हुने सुभाव राखे । हाल वीरगन्जको बालसुधार गृहमा बालकैदीलाई कोचेर राख्नु पर्ने बाध्यता छ । तीन देखी चार जना सुत्न मिल्ने बोटामा १० देखी १२ जना सम्म सुताउनु परेको छ ।

पूर्वाधारको अभावमा समान्य र जघन्य खालको कैदीलाई संगै राखनु पर्ने बाध्यता छ । जम्मा १० वटा कोठामा हाल १ सय १६ जना बालकैदीलाई राखिएको छ । कार्यक्रममा युनिसेफले ५० लिटर क्षमताको ६ थान र ३५ लिटरको ८ थान एयर कुलर , ४३ इन्चको एलएडी टिभी १ थान , ल्याप्टप १ थान , डेक्सटाप कम्प्युटर १ थान प्रदान गरेको हो । यस्तै टिपिओ नेपालले खेलकुद तथा स्टेशनरी सामग्री हस्तनान्तरण गरेको थियो । टिपीओ नेपालले दराज, वेट मैशिन, कैरमबोर्ड, लुडो, बैडमिन्टन, चेस, योगामैट, वाइटबोर्ड लगायतका सामग्री हस्तनान्तरण गरेको थियो । कार्यक्रममा जिल्ला न्यायाधिषहरु ध्रुवराज त्रिपाठी, रोशन गजुरेल, मोना सिंह, पुरुषोतम नेपाल, बीरगन्ज कारागार प्रमुख फडिन्द्र दहाल, बालसुधार गृहका प्रमुख टिका कृष्ण काफले, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, बालमनोविज्ञ सावित्री भण्डारीलगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily