Aadarsh-Daily

धाेबिनीमा गाँउपालिका अध्यक्षकै सामु कुटिए प्रमुख प्रशासकीय अधिकृत,कर्मचारीहरु आन्दोलनमा

ad-4p

पर्सा । पर्साकाे धाेबिनी गाँउपालिकाका कर्मचारीहरु मंगलबार दिउँसोदेखि कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका छन्।कार्यपालिका सदस्य दिनेश प्रसाद साह कलवारले प्रमुख प्रशासकीय अधिकृत प्रमाेद कुमार साहलाई गाँउपालिका अध्यक्षकाे कार्यकक्षमै कुटपिट गरी घाइते बनाएकाे भन्दै गाँउपालिका कार्यालयकाे कामकाज ठप्प पारेर उनिहरु आन्दोलनमा उत्रिएका हुन्।

content ad p2

कार्यपालिका सदस्य कलवार अनुचित भुक्तानी दिन दबाब दिएकाे तर प्रमुख प्रशासकीय अधिकृत साहले नमानेपछि त्यसकै निहुँमा मंगलबार दिउँसो गाँउपालिका अध्यक्ष मदन चाैहानकाे कार्यकक्षमा चाैहानकै सामु कलवारले साहलाई हेलमेट र अध्यक्षकाे नेम्प्लेटले अन्धाधुन्ध प्रहार गरेर घाइते बनाएकाे आन्दोलनरत कर्मचारीहरुकाे आराेप छ।

content left

प्रमुख प्रशासकीय अधिकृत साहलाई कुटपिट गर्ने कार्यपालिका सदस्य कलवारलाई कारबाही गर्न माग गर्दै कर्मचारीहरुले मंगलबार साँझ जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पनि बुझाएका छन् ।कलवारलाई कारबाही नगरिएसम्म गाँउपालिका कार्यालयकाे कामकाज ठप्प नै रहने चेतावनीसमेत उनिहरुले ज्ञापनपत्र मार्फत दिएका छन् ।

यता मंगलबार गाँउपालिकामा सेवाका लागि पुगेका प्रत्यक्षदर्शीहरुले भने नियमित कार्यालयमा नआउने प्रमुख प्रशासकीय अधिकृत साह मंगलबार कार्यालयमा आएका बेला गाँउपालिका अध्यक्ष चाैहानले आफ्नाे कार्यकक्षमा बाेलाएर उनिसंग छलफल गर्ने क्रममा कार्यपालिका सदस्य कलवार र प्रमुख प्रशासकीय अधिकृत साहबिच विवाद भई हात हालाहाल भएकाे बताएका छन् ।

यसबारेमा बुझ्न गाँउपालिका अध्यक्ष चाैहानलाई उनकाे माेबाइलमा फाेन गरेर सम्पर्क गर्न खाेज्दा सम्पर्क हुन सकेन ।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily