Aadarsh-Daily

नेपालले गुजरातलाई दियो १८२ रनको लक्ष्य

ad-4p

वीरगञ्ज । ‘एसएमएस फ्रेन्ड्सिप कप’ त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खला खेल्न हाल भारत भ्रमणमा रहेको नेपाली टोलीले बुधवार गुजरातलाई जितका लागि एक सय ८२ रनको लक्ष्य दिएको छ ।

content ad p2

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ८१ रन बनायो ।

content left

नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले ओपनिङ विकेटका लागि उत्कृष्ट साझेदारी गरे।। नेपालका दुवै ओपनर ब्याट्सम्यानले अर्धशतकीय पाली खेले । यी दुवैले ओपनिङ विकेटका लागि एक सय २५ रनको साझेदारी गरेका थिए ।
कुशल भुर्तेल ४४ बलमा ६७ रन बनाउँदै आउट भए । उनले दुई छक्का र नौ वटा चौका पनि प्रहार गरे। उनी १३.३ ओभरमा नेपालको पहिलो विकेटका रूपमा पेभेलियन फर्किएका थिए । अर्का ओपनर आसिफ शेखले पनि टोलीका लागि ८५ रनको योगदान गरे ।
पेभेलियन फर्किनुअघि आसिफले ५१ बलको सामना गरी पाँच छक्का र १० चौका हिर्काएका थिए । उनी १८औँ ओभरको पहिलो बलमा आउट भएका थिए । कप्तान रोहित पौडेल भने तीन रनमै आउट भए । उनी १६औँ ओभरको अन्तिम बलमा बाउन्ड्री प्रहार गर्ने धुनमा क्याच आउट भएका थिए ।

कुशल मल्ल एक रन बनाउँदै पेभेलियन फर्किए । सन्दीप जोरा दुई रनको व्यक्तिगत स्कोरमा आउट भए । गुलसन झाले चार रन बटुले । अनिल साह खाता खोल्नुअघि नै पेभेलियन फर्किए । विवेक यादवले अविजित सात र प्रतिस जिसीले अविजित चार रन बनाए ।

नेपालले अतिरिक्त रूपमा आठ रन पायो । गुजरातका बलर जयमित पटेलले तीन विकेट लिए । आर्या देसाई र ध्रुशान्त सोनीले पनि दुई-दुई विकेट हात पारे ।

सम्बन्धित खबर

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily