Aadarsh-Daily

जसपाको समानुपातिक सांसदमा हसिना खान सिफारिस

ad-4p

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिक सांसदका लागि बाँकेकी हसिना खानको नाम सिफारिस गरेको छ ।

content ad p2
content left

समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थान पूर्तिका लागि केन्द्रीय कार्यकारिणी समितिको बिहीबारको बैठकले २७ वर्षीया खानलाई सिफारिस गरेको जसपाको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित मञ्जुको निधन भएपछि एक पद रिक्त थियो ।

शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनीत भएकी थिइन् । उनको पनि सिभिल अस्पतालमा उपचारको क्रममा चैत ४ गते निधन भएपछि रिक्त स्थानमा हसिना सिफारिसमा परेकी हुन् ।

जसपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको मुस्लिम महिला क्लस्टरको सूचीमा हसिना थिइन् ।

सम्बन्धित खबर

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily