Aadarsh-Daily

ट्याक्टरको ठक्करबाट रौतहटमा एक बालकको मृत्यु

ad-4p

रौतहट,२५चैतःरौतहटमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।गुजरा नगरपालिका वडा नम्बर ४ मुस्लिमटोलमा आइतबार बिहान ना ७ त ७५७ नम्बरको ट्याक्टरको ठक्करबाट १३ बर्षिय बालक शेख शहनबाजको मृत्यु भएको हो । शहनबाज मावली घरमा बस्दै आएका थिए ।

content ad p2
content left

धन्सारबाट जंगलसहियातर्फ जाँँदै गरेको ट्याक्टरले साइकल हाँकेर जाँदै गरेका शहनबाजलाई ठक्कर दिएको थियो । गम्भिीर घाइते उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

यसैबिच बालकको शवलाई घटनास्थलमै राखेर स्थानीयले जंगलसैया–धन्सार सडक अवरुद्ध पारेका छन् ।प्रहरीले ठक्कर दिने ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबर

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily

पचरौतामा केराउ बरामद , परिमाणबारे फरक–फरक दाबी

Aadarsh Daily