Aadarsh-Daily

पर्साकाे जगरनाथपुर गाँउपालिकामा ज्येष्ठ नागरिकका लागि सामुदायिक भवन बन्दै

ad-4p

पर्सा । पर्साकाे जगरनाथपुर गाँउपालिका वडा नम्बर २ मा ज्येष्ठ नागरिकका लागि सामुदायिक भवन निर्माण गर्न थालिएकाे छ ।मधेस प्रदेश सरकारले दिएकाे २५ लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण गर्न थालिएको हाे।

content ad p2
content left

साेमबार पूर्वमन्त्री तथा पर्सा क्षेत्र नम्बर ४ का सांसद रमेश रिजालले रैनीझैनी मन्दिर नजिकै निर्माण गर्न लागिएको उक्त भवनकाे शिलान्यास गरेका हुन् ।घरपरिवारबाट अपहेलित बृद्धबृद्धाहरुकाे लागि दुई वटा काेठा र शाैचालयसहितकाे सामुदायिक भवन निर्माण गर्न लागिएको जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले बताए ।बजेट अपुग भएमा गाँउपालिकाले त्यसको व्यवस्थापन गर्ने उनले बताए ।

यस्तै साेमबार नै पूर्वमन्त्री रिजालले वडा नम्बर २ मै ग्राभेल सडककाेपनि शिलान्यास गरेका छन् ।गण्डक नहरदेखि मठ सम्म करिब पाँच सय मिटर ग्राभेल सडक २० लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको हाे ।उक्त बजेटपनि प्रदेश सरकारले नै उपलब्ध गराएकाे हाे। शिलान्यास कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, वडाध्यक्षहरु सुभाष यादव र लक्ष्मी साह,कांग्रेस नेता सुरेन्द्र क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily