Aadarsh-Daily

एमडी अंसारी थप दुई दिन थुनामा बस्ने

ad-4p

नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी र ल्याब प्रमुख संजय साहलाई २ दिन हिरासतमा राख्ने जिल्ला अदालत पर्साले अनुमति दिएको छ मेडिकल कलेजबाट सोमबार पक्राउ परेका अंसारी र साह उपर जिल्ला अदालत पर्साले अनुसन्धान गर्न मंगलबार थप २ दिनको म्याद दिएको हो ।

content ad p2
content left

अस्पतालको ल्याबबाट म्याद नाघेका केमिकलसहित पक्राउ परेका एमडीसहित २ जनामाथि अनुसन्धान गर्न २ दिनको म्याद थप गरेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए ।

थुनामा राखेर अनुसन्धान गर्न पर्सा प्रहरीले ७ दिनको म्याद मागेको थियो । तर जिल्ला अदालत पर्साले भने पहिलोपटक २ दिनको म्याद थप गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।उपभोक्ता हित संरक्षण मञ्चले दिएको जाहेरीको आधारमा प्रहरीले उनीहरुविरुद्ध कालोबजारी तथा सामाजिक अपराधमा म्याद थप गरेको हो ।

उपभोक्ता हित संरक्षण मञ्चका सुनिल श्रेष्ठले दिएको जाहेरीमा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशकले उपभोक्तालाई कालोबजारी गरेको भन्दै उनीसहित ल्याब प्राविधिक संजय साहविरुद्ध जाहेरी दिएका थिए ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily