Aadarsh-Daily

वीरगन्ज महानगरले लिएको कक्षा ८ को परीक्षामा ७४ प्रतिशत विद्यार्थी सफल

ad-4p

वीरगंज । वीरगंज महानगरपालिकाले आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको छ । गत चैत १५ देखि २२ गतेसम्म संचालन भएको कक्षा ८ को महानगरस्तरीय परिक्षाको शुक्रबार ग्रेडिङ पद्धतिमा नतिजा सार्वजनिक गरिएको हो । परीक्षामा सामेल भएका सामुदायिक र संस्थागत विद्यालयका ५ हजार ५७१ विद्यार्थीमध्ये ४ हजार १४४ जना अर्थात ७४.३८ प्रतिशत विद्यार्थी सफल भएको महानगरका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए ।

content ad p2
content left

कक्षा ८ को महानगरस्तरीय परिक्षाका लागि विभिन्न ११ वटा परीक्षा केन्द्रबाट ५ हजार ५७१ जना विद्यार्थीले परीक्षा दिएका थिए ।आधारभूत तहबाटै अध्ययन अध्यापनलाई प्रभावकारी बनाउन र शैक्षिक गुणस्तर उकास्ने उद्देश्यले वीरगन्ज महानगरले पहिलो पटक एकिकृत परीक्षा प्रणालीबाट आधारभूत तहको बार्षिक परिक्षा लिएको थियो ।

परीक्षाले सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुको सिकाई उपलब्धी मापन गर्नसहज भएको महाशाखा प्रमुख कर्णले बताए । प्रकाशित नतिजा महानगरको वेबसाइट र सामाजिक सञ्जाल फेसबुकमा महानगरको शिक्षा महाशाखाको आधिकारिक पेजबाट हेर्न सकिने पनि उनले बताए ।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily