Aadarsh-Daily

टि–१० क्रिकेट लिगमा पत्रकार महासंघ पर्सा विजयी

ad-4p

वीरगन्ज । नेपाल राष्ट्र बैंक लिमिटेडको ६९ औं बार्षिक उत्सवका अवसरमा जारी टि–१० क्रिकेट लिगमा बुधबार भएको खेलमा नेपाल पत्रकार महासंघ पर्सा विजयी भएको छ । आदर्शनगर रंगशालामा भएको खेलमा पत्रकार महासंघले एनवाईएफ वीरगन्जलाई १६ रनले हराएको हो । पत्रकार महासंघले दिएको ७८ रनको लक्ष्य पछ्याएको एनवाईएफ वीरगन्जले १० ओभरमा ९ विकेट गुमाएर ६१ रनमात्र बनायो ।

content ad p2
content left

यसअघि पहिले ब्याटिङ गरेको नेपाल पत्रकार महासंघ पर्साले १० ओभरमा ५ विकेटको क्षतिमा ७७ रन बनाएको थियो । यस्तै बुधबार बिहान नै भएको अर्को खेलमा नेपाल मेडिकल एसोसिएसन पर्साले वीरगन्ज बैंकर्स ग्रुपलाई १० रनले हराएको छ । ७८ रनको लक्ष्य पाएको बैंकर्स ग्रुपले १० ओभरमा ८ विकेटको क्षतिमा ६७ रनमात्र बनाएपछि खेल नेपाल मेडिकल एसोसिएसनले जितेको हो ।

जितसंगै नेपाल मेडिकल एसोसिएसन पर्सा फाइनलमा प्रवेश गरेको नेपाल राष्ट्र बैंक वीरगन्ज कार्यालयका सहायक निर्देशक नरेश कुमार सरार्फले जानकारी दिए । प्रतियोगितामा आयोजक नेपाल राष्ट्र बैंक , नेपाल पत्रकार महासंघ पर्सा , वीरगन्ज बैंकर्स ग्रुप,नेपाल मेडिकल एसोसिएसन पर्सा ,वीरगन्ज महानगरपालिका कार्यालय र एनवाईएफ वीरगन्ज सहभागी छन् ।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily