Aadarsh-Daily

सुटिङका क्रममा घाइते भइन् प्रियङ्का चोपडा

ad-4p

भारतीय अभिनेत्री प्रियङ्का चोपडाले हालै सामाजिक सञ्जालमा एउटा तस्बिर शेयर गरेकी थिइन् । तस्बिर हेरेपछि उनका फ्यानहरू चिन्तित भए । तस्बिरमा अभिनेत्रीको अनुहारमा घाउ चोट देखिएको छ । प्रियङ्काले माइक्रोब्लगिङ वेबसाइट एक्समा शेयर गरेको यो तस्बिर हेर्दा सुटिङको क्रममा उनी घाइते भएको देखिन्छ ।

content ad p2
content left

तस्बिरमा उनको अनुहारमा रगत लागेको देखिएको छ । तस्बिरको क्याप्सनमा प्रियङ्काले लेखेकी छिन्, ‘मलाई अचम्म लाग्छ कि विगत केही वर्षमा मैले काम गरिरहेको बेलामा रगत निस्किएका कति तस्बिर पोस्ट गरेकी छु ।’ पोस्टमा फ्यानहरूले अभिनेत्रीलाई आफ्नो ख्याल राख्न सल्लाह दिइरहेका छन् ।

एक्सन फिल्महरूमा प्रियङ्काले जमेर एक्सन गरेको देख्न सकिन्छ । हालैको यो तस्बिर हेर्दा उनी सुटिङका क्रममा घाइते भएको जस्तो देखिनछ । तस्बिरमा उनको अनुहारमा रगत देखिएको छ । अभिनेत्री अहिले फ्रान्समा एक फिल्मको सुटिङमा छिन् । उनले बेला बेलामा पर्दा पछाडिका भिडियो र तस्बिर पनि शेयर गरिरहेकी छिन् ।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily