Aadarsh-Daily

अम्पायरसंग विवाद गरेका कारण कारबाहीमा परे काेहली

ad-4p

आइतबार खेलिएको कोलकाता नाइट राइडर्स र राेयल च्यालेन्जर्स बेंग्लाेरविरुद्धको खेलमा इन्डियन प्रिमियर लिग (आईपीएल) को आचारसंहिता उल्लंघन गरेको भन्दै बेंग्लाेरका ब्याटर विराट कोहलीमाथि कारबाही गरिएको छ । उनको म्याच फिको ५० प्रतिशत जरिवाना गरिएको हो ।

content ad p2
content left

आईपीएलद्वारा विज्ञप्तिमा कोहलीमाथि किन कारबाही गरियो भन्ने स्पष्ट रुपमा नखुलाए पनि खेलमा उनी आउट भएपछि देखाएको प्रतिक्रिया कारण कारबाहीमा परेको हुन सक्ने बताइएको छ ।

बेंग्लाेरले २ सय २३ रनको लक्ष्य पछ्याउने क्रममा कोहली तेस्रो ओभरमा ७ बलमा १८ रन बनाउँदा आउट भएका थिए । हर्षित रानाको हाई फुलटस बलमा उनी कट एन्ड बोल्ड भएका थिए ।

कोहलीले उक्त बल नो–बल हुनुपर्ने माग गरेका थिए । तर, हक आई बल ट्रयाकिङकले उक्त बल वैद्य भएको देखाएको थियो । उनी यस निर्णयबाट खुसी थिएनन् र उनले अम्पायरसँग आफ्नो असन्तुष्टि पोखेका थिए ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily