Aadarsh-Daily

विदेशीको इशारामा हिन्दूवादीले मधेसमा धार्मिक हिंसा भड्काउन खोजिरहेका छन् : सांसद सिंह

ad-4p

वीरगन्ज,१७ बैशाखःप्रतिनिधीसभा सदस्य (सांसद) अमरेश कुमार सिंहले अहिले संविधान समाप्त भएको खण्डमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जेल जाने ठोकुवा गरेका छन् ।

content ad p2

सोमबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा सांसद सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डमाथि द्वन्द्धकालका ३ सय भन्दा बढी मुद्धा रहेको बताउँदै यदि संविधान समाप्त भएमा प्रचण्ड जेल जाने ठोकुवा गरेका हुन् ।

त्यहि नियतले अहिले विदेशी शक्तिहरुको इशारा र निर्देशनमा अहिले नेपालको संविधानमाथि प्रहारपनि भइरहेको सांसद सिंहले बताए ।संविधानका मुख्य चारवटै आधारस्तम्भ धर्मनिरपेक्षा,गणतन्त्र,संघीयता र समावेशीतामाथि प्रहार भइरहेको उनले बताए। धर्मनिरपेक्षता माथि विदेशीहरुको इशारामा हिन्दूवादीबाट,गणतन्त्रमाथि पूर्वराजा र राजवादीबाट तथा संघीयता र समावेशीतामाथि यहिका दल र सरकारबाट प्रहार भइरहेको उनले बताए ।

content left

उनले भने,‘ त्यसको जीता जागता (ज्वलन्त) उदाहरण मधेसमै अहिले देखिइरहेको छ ।केहि समययता वीरगन्जसहित मधेसका विभिन्न शहरमा निरन्तर धर्मका नाममा अराजक जुलुश र ¥यालीहरु निकालिदैछ ।यसले नै प्रष्ट हुन्छ ।विदेशी शक्तिहरु लागेर मधेसमा धर्मको नाममा द्धन्द्ध सृजना गर्न खोजिरहेको सांसद सिंहले बताए ।त्यसकारण संविधान अहिले संकटमा परेको उनको बुझाई छ । उनले आँफु संविधानको पक्षधर भएकाले हिन्दू राष्ट्रको पक्षमा नरहेकोपनि प्रष्ट पारे ।

उनले प्रधानमन्त्री कार्यालय प्रधानमन्त्री प्रचण्डका आसेपासको पूर्ण कब्जामा रहेको आरोपपनि लगाए । उनले भने,‘पैसा उठाउन, गैर कानूनी काम गर्नका लागि प्रधानमन्त्री कार्यालयमा छोरी,बुहारी,भाई,भतिजाहरुलाई नियुक्ती गरेर राखिएको छ। योपनि एउटा अपराध नै हो।’

नेपालको राजनीतिमा अहिले परिवारिकरण, व्यपारीकरण र भ्रष्टीकरण हाबी भएको भन्दै उनले राजनीति सेवा भावका रुपमा नभई व्यपारका रुपमा फस्टाएको टिप्पणी गरे ।उनले नेपालमा विदेशी दलालीकरणपनि बढेको बताए ।

देश अहिले २० जना बिचौलीयाहरुले मात्रै चलाइरहेका कारण मुलुकको अर्थतन्त्र धराशायी अवस्थामा पुगेको उनले बताए । उनले भने,‘ अहिले साधरण खर्चपनि विदेशी ऋण मागेर भइरहेको छ । जब साधरण खर्च नै विदेशी ऋणमा चलिरहेको छ भने यत्तिले नै पुष्टी हुन्छ कि देशको अर्थतन्त्र कत्ति जर्जर अवस्थामा पुगेको छ ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily