Aadarsh-Daily

पर्सामा एमाले अध्यक्षका लागि ३ नेता आकांक्षी : शर्मा, थारु र पटेल

ad-4p

वीरगन्ज । नेकपा एमाले पर्साको नवौं जिल्ला अधिवेशन सोमबारदेखि सुरु भएको छ । मंगलबार सम्म चल्ने अधिवेशनको सोमबार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गरेका हुन् ।अधिवेनशको बन्दसत्र भने मंगलबार बिहानदेखि सुरु हुने भएको छ ।

content ad p2
content left

क्लासिक बैंक्वेटमा बिहान ८बजेदेखि बन्दसत्र सुरु हुने र बन्दसत्रपछि जिल्लाको नयाँ नेतृत्व चयनका लागि प्रकृया अगाडि बढ्ने महानगर सचिव सुन्दर कुर्मीले जानकारी दिए । बन्दसत्रमा जिल्लाका १४ वटैपालिकाबाट गरी ५ सय ८५ जना प्रतिनिधी सहभागी हुनेछ ।

पर्सामा एमालेको नयाँ नेतृत्वको लागि अहिलेसम्म तीन जना आकांक्षी देखिएका छन् । अध्यक्षमा अहिलेका जिल्ला संयोजक डाक्टर विश्वम्भर शर्मा, संविधानसभा सदस्य जयप्रकाश थारु र पार्टीका मधेस प्रदेश सदस्य शीव पटेल आकांक्षी छन् । उनिहरु मध्ये शर्मालाई केन्द्रिय सदस्यद्वय प्रभू हजरा र निर्मला देवकोटाले साथ दिएका छन् भने थारु र पटेल मध्ये एक जनालाई केन्द्रिय सदस्य राजकुमार गुप्ताले अगाडि सार्ने तयारीमा छन् ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily