Aadarsh-Daily

लोसपाका मधेस प्रदेश अध्यक्ष सोनलले मधेसमा आगलागीका पिडितहरुको समस्या प्रति प्रदेश सरकार गम्भीर नभएको आरोप

ad-4p

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले मधेसमा दिनहुँ भइरहेका आगलागीका घटनाबाट पिडितहरुको समस्या प्रति प्रदेश सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।

content ad p2

बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश सभा सदस्य समेत रहेका सोनलले चापाकल लगायत खानेपानीका मुहान सुकेर मधेसका जनता तड्पीरहदाँपनि मधेस सरकारले ध्यान नदिएको आरोपपनि लगाएका छन् ।

content left

सोनलले जारी गरेको प्रेस बिज्ञप्तीमा भनिएको छ, ‘मधेसमा बढेको अत्याधिक गर्मी र खडेरीले पानीको सतह सुकेर दिनानुदिन तल झर्दै छ। खानेपानीको हाहाकार छ । दिनहुँ भइरहेका आगलागीका घटनाबाट पिडितहरु यस्तो प्रचण्ड गर्मीमापनि त्रिपाल मुनि बस्न बाध्य छन् । यति हुँदा समेत मधेसका जनाताले सरकार भएको आभाष गर्न पाएका छैनन् ।’

यसअघि चुरे संरक्षण तथा व्यवस्थापनको अभाव, चुरेमा अनियन्त्रित बसोबासले गर्दा ऋृतुसंगै मधेसमा प्राकृतिक प्रकोप बढने विषयमा लोसपाले सम्बन्धित निकायलाई जानकारी गराँउदा समेत गम्भिरता नदेखाउनु सरकारको उदासिनता रहेको सोनलको विज्ञप्तीमा उल्लेख छ ।

पिडामा रहेका गाँउ समुदायमा राहत, खाद्यान्न, औषधी उपचारको यथोचित व्यवस्थापन हुन नसक्नु एकदमै दुःखद रहेको भन्दै लोसपाका मधेस प्रदेश अध्यक्ष सोनलले पिडितहरुलाई राहत र मधेसको दक्षिणी क्षेत्र लगायत अन्य भु भागहरुमा पिउने पानीको समस्या समाधान गर्न संघ, प्रदेश र स्थानिय सरकारसंग माग समेत गरेका छन् ।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily