Aadarsh-Daily

श्रीराम हस्पिटलको आयोजनामा १४ महिलासहित ६० जनाले गरे रक्तदान

ad-4p

वीरगन्ज  । वीरगन्जको वीर्तामा अवस्थित श्रीराम हस्पिटलको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

content ad p2
content left

अस्पताल परिसरमै आयोजित रक्तदान कार्यक्रममा १४ जना महिलासहित ६० जनाले रगत दान गरेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए । रगत दान गर्नेहरुमा बिककी सर्राफ, कमल चौगाईं, नम्रता घिमिरे, अमृता श्रेष्ठ , प्रेम भण्डारी ,ईशा बराल, प्रिती रिमाल, ज्योतीलाल पण्डित, डाक्टर मनिष खन्ना, डाक्टर सुनिल यादव, अमजद अन्सारी, शशांक लामा लगायतका रहेको अस्पतालकी प्रबन्ध निर्देशक डा.दिप्ती यादवले जानकारी दिइन् ।

गर्मीमा रक्त सञ्चार केन्द्र वीरगन्जमा रगतको अभाव भएको र त्यसैलाई मध्यनजर गरेर शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको उनले बताइन् । उनका अनुसार रगत दान गरेकाहरुलाई विभिन्न प्रजातिको विरुवा वितरणपनि गरिएको थियो ।

यादवकै अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा पुर्व प्रदेश सभा सदस्य भीमा यादव, प्रहरी निरीक्षक पुष्कर बोगटी,बरिष्ठ बालरोग विशेषज्ञ डाक्टर श्यामसुन्दर यादव,वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाईं, डाक्टर रामप्रसाद यादव लगायतकोपनि उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily