Aadarsh-Daily

हुण्डीको १३ लाख रकम सहित वीरगन्जमा एक युवक पक्राउ

ad-4p

वीरगन्ज । वीरगन्जबाट प्रहरीले हुण्डी कारोबारीको आशंकामा एक युवकलाई नगद १३ लाख रुपैयाँसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरका २८ बर्षिइ रविकुमार पटेल रहेका छन् । उनको साथबाट १३ लाख २५ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

content ad p2
content left

प्रहरीका अनुसार, विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगन्ज महनगरपालिका वडा नम्बर १४ गण्डकस्थित सडकमा वीरगन्जबाट परवानीपुरतर्फ जाँदै गरेका प्रदेश २–०३ –०१० प ६७१९ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो ।

त्यसक्रममा उक्त मोटरसाइकलमा सवार पटेलले बोकेको झोलबाट नेपाली १ हजार दरको नोट थान ८ सय ८९ थान, ५ सय दरको नोट ८ सय ५० थान र १ सय दरको नोट १० थान गरी कूल १३ लाख २५ हजार रुपैयाँ भेटिएको र उक्त रकमको श्रोत खुलाउन नसकेकाले रकमसहित पटेललाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए । पटेलको सातबाट विभिन्न बैंकको खाली चेक ७ थानपनि बरामद भएको उनले बताए ।

पटेलको साथबाट बरामद रकम हुण्डीको रहेको भन्दै थापाले पटेललाई प्रहरी हिरासतमा राखेर उनिविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

 

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily