Aadarsh-Daily

पार्टीलाई अघि बढाउन अन्य दलसँग एकताका लागि पहल गर्छु – अशोक राई

ad-4p
content left

जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले मधेस प्रदेशमा ५० प्रतिशत सांसद आफ्नो पक्षमा रहेको दाबी गरेका छन् । जसपा नेपालबाट विभाजित भएर नयाँ पार्टी बनेपछि आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन् ।
निर्वाचन आयोगले दल स्पष्ट हुनका लागि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई २१ दिनको समय दिइसकेको उल्लेख गर्दै उनले त्यस अवधिमा मधेस प्रदेशका थुप्रै नेता तथा कार्यकर्ता आफ्नो पक्षमा आउने दाबी गरे । राईले भने, ‘हामीले कसैसँग लेनदेनको आधारमा यो पार्टी विभाजन गरेको होइन, हामी अन्यायमा परेका कारण अलग भएका हौँ ।’
आफू नेतृत्वको पार्टी देशव्यापी रूपमा अगाडि बढाउने बताउँदै उनले विभिन्न राजनीतिक दलसँग एकताका लागि पहल गर्ने जनाए ।

content ad p2

सम्बन्धित खबर

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily

पचरौतामा केराउ बरामद , परिमाणबारे फरक–फरक दाबी

Aadarsh Daily