
पर्सा । पर्सामा चकु प्रहारबाट एक जनाको मृत्यु भएको छ । सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ४ ओझैया प्रसौनी बस्ने ५० वर्षीय ललाई हजरा दुसादको चकु प्रहारबाट मृत्यु भएको हो ।

उनकै छिमेकी सुवास हजारा दुसादले नशालु पदार्थ सेवन गरी नशामा मातिएर चकु प्रहार गरेका थिए । चकु प्रहारबाट गम्भिर घाइते भएकी ललाई हजारालाई उपचारका लागि वीरगञ्जको नारायणी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
चकु प्रहारको घटना लिएर गाउँमा अशान्ती भएपछि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजंग बुढाथापा नेतृत्वको टोली घटनास्थल पुगेको थियो । घटनास्थलबाट चकु प्रहरी गर्ने सुवास हजार दुसादलाई पक्राउ गरिएको प्रहरी निरीक्षक बुढाथापाले बताए ।

