
पर्सा । पर्साकाे पटेर्वा सुगाैली गाँउपालिकाबाट वनगस्ती टाेलीले ठूलाे परिमाणमा सालकाे काठसहित तीन थान साइकलपनि बरामद गरेकाे छ।

जमदार अर्जुन चाैधरीकाे नेतृत्वमा खटिएको वन गस्ती टाेलीले पटेर्वा सुगोली गाउँपालिका वार्ड नम्बर २ विश्रामपुर टाेल हुँदै बेलवा जाने सडक खण्डबाट आइतबार बिहान ४ बजेतिर तीन थान सालकाे चिरान काठसहित ३ वटा साईकल बरामद गरेको हाे।राष्ट्रिय वनबाट तस्करहरुले साइकलमा लाेड गरेर ल्याँउदै गरेकाे काठ वनगस्ती टाेलीले बरामद गरेकाे हाे।
तस्करहरु भने वनगस्ती टाेलीलाई देखेपछि काठसहितकाे साइकल छाेडेर फरार भएकाे जमदार चाैधरीले बताए ।बरामद काठ र साइकल सब डिभिजन वन कार्यालय रंगपुरमा राखिएकाे रेन्जर कपिलदेव यादवले जानकारी दिए।

