Aadarsh-Daily

बाराको परवानीपुर गाउँपालिकामा प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता शुरु

ad-4p

वीरगंज । बाराको परवानीपुर गाउँपालिकामा मंगलबारदेखि प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता शुरु भएको छ । वडा नं. १ स्थित बुनियाद फिल्डमा सुरु भएकाे प्रतियाेगिताकाे गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले गरेका थिए । प्रतियोगिताको उदघाटन गर्दै गाउँपालिका अध्यक्ष कुर्मीले खेलाडीकाे प्राेत्साहनकाे लागि गाउँपालिका सधै तयार रहेकाे वताए । उनले खेलकाे विकासकाे लागि नै गाउँपालिकाले क्रिकेट ग्राउन्ड निर्माण गरि प्रतियाेगिताकाे आयाेजना गरेकाे वताए । कार्यक्रमकाे प्रमुख अतिथी समेत रहेका अध्यक्ष कुर्मीले चाँडै नै गाउँपालिका अन्तर्गतका पांच वटै वडाबाट उत्कृष्ट क्रिकेट खेलाडीहरुलाई छनाैट गरी गाउँपालिका स्तरियकाे क्रिकेट टिम घाेषणा गरिने वताए ।

content ad p2
content left

उनले साे क्रिकेट टिमका खेलाडीहरुकाे सम्पूर्ण जिम्मेवारी गाउँपालिकाले पनि वताए । प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले पाँच वटै वडाका खेलाडीहरूलाई गाउँपालिकाले क्रिकेट सामग्री, ड्रेस, बैट, बल आदि उपलब्ध गराएको र आउने दिनमा अझ राम्ररी तरिकाले खेलाडीहरूलाई प्राेत्साहन गर्न सबै थाेक गरिने वताए । वडा नं. १ का वडाध्यक्ष चाेकट महताे धानुककाे अध्यक्षतामा भएकाे उदघाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सुगान्धी देवी कनुईन, वडाध्यक्षहरु महमद नुरुलहोदा अन्सारी, इब्राहिम मिया धोबी, गम्भीरा राउत कुर्मी, रामेश्वर साह कलवार लगायत गाउँपालिका कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मी र स्थानियहरुकाे उपस्थिती रहेको थियो ।

मंगलबार भएकाे पहिलाे खेलमा वडा नं ४ चैनपुरले विजयी सुरुवात गरेको छ । टास हारेर पहिलो ब्याटिङको निम्तो पाएको चैनपुर क्रिकेट टिमले १२ ओभरमा ५ विकेटको क्षतिमा १३९ रनको योगफल तयार पारेको थियो । चैनपुरबाट टिमका कप्तान राजन साहले सर्वाधिक ५७ रन बनाएका थिए ।
जवाफी ब्याटिङमा उत्रेको वडा नं १ बुनियादले पुरै विकेटको क्षतिमा जम्मा ४९ रन बनाएको थियो । आफ्नो राम्रो बवलिङ र फिल्डिङको प्रदशनले चैनपुर टीम ९० रनले विजयी भएको हो । पहिलो भएको खेलमा मैन अफ दि म्याच चैनपुर क्रिकेट टिमका कप्तान राजन साह घोषित भए ।

यसैगरी मंगलबार नै भएकाे दोश्रो खेल वडा नं ३ लिपनि र वडा नं ५ बहुअरीबिच भएकाे थियाे । साे खेलमा वडा नं ३ लिपनी क्रिकेट टिम विजयी भएको हाे । टस जीतेर पहिलो ब्याटिङको निर्णय गरेको वडा नं ५ बहुअरी क्रिकेट टिमले १६ ओभरमा ९ विकेटको क्षतिमा १०९ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रेको वडा नं ३ लिपनिले १२.३ ओभर खेल्दै जम्मा ३ विकेटको क्षतिमा फराकिलो जीत हासिल गरेको छ । परवानीपुर गाउँपालिकाकाे आयाेजनामा सुरु भएकाे प्रतियाेगिता अन्तर्गत दाेस्राे दिन बुधबार हुने पहिलो खेल वडा नं. २ रामपुर र पालिकाको कर्मचारीबिच, दोस्रो खेल वडा नं १ बुनियाद र वडा नं ३ लिपनीबिच हुने आयोजक कमिटीले जनाएकाे छ ।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily