Aadarsh-Daily

मौलापुरकी मेयरको कामबाट सिक्न काठमाडौंका मेयर बालेनलाई प्रभु साहको सुझाव

ad-4p

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले काठमाडौं महानगरका मेयर बालेन साहलाई आफ्नो शैली सच्याउनको लागि सुझाव दिए । प्राइम टिभीको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो सुझाव दिएका हुन् । उनले भने,‘बालेनजी त एउटा युवा मान्छे हो । राम्रो काम गर्नुपर्छ । काठमाडौं भनेको यो देशको साझा शहर हो । यो काठमाडौंवासीहरुको मात्रै शहर होईन, देशकै साझा ठाउँ हो । यो ठाउँ राम्रो हुनुपर्छ । नराम्रो हुँदा सबैतिर यसको असर पर्छ । युवा जेनरेसनले यो शहरको नेतृत्व गरिरहनुभएको छ । युवाले नेतृत्व गरेको शहर सफल हुनुपर्छ । युवाले नेतृत्व गर्दापनि फेल खायो भने जनता निराश हुन्छन् । पाका नेता फेल भए जनतामा निराशा हुँदैन् । बालेनप्रति म सद्भाव राख्छु ।

content ad p2
content left

तर, उहाँको एक्टिभिटिज त्यति उत्साही छैन ।’उनले मेयर बालेनले कवाड व्यवसायीहरुमाथि गरेको धरपकडको विरोध गरे । उनले कवाड व्यवसायलाई व्यवस्थित् गर्न मेयर बालेनलाई सुझाव दिए । उनले भने,‘काठमाडौंका कवाड व्यवसाय र सुकुम्वासीलाई व्यवस्थित् गर्नुहोस । सुकुम्वासीहरुलाई राम्रो महलमा राख्ने व्यवस्था गर्नुहोस ।’विकास र व्यवस्थ्ति काम हेर्नको लागि उनले मेयर बालेनलाई आफ्नो गृहजिल्ला रौतहटको मौलापुर नगरपालिमा जानको लागि पनि अनुरोध गरे । उनले भने,‘एकपटक मौलापुरमा जानुहोस । हामीले सुकुम्वासीलाई जग्गा किनेर बस्ती बनाएर छतवाला घर बनाएका छौं । त्यहाँको मेयरले सुकुम्वासीलाई घर बनाएर राम्रो बस्ती दिनुभएको छ ।

तपाईंले त्यो राम्रो काम सिक्नुपर्दैन् ? शहरमा गरिबी हटाउने हो, गरिवलाई हटाउने होईन । कवाडलाई व्यवस्थित् गर्ने हो । अदालत र कानून मान्दिनँ भन्न पाईन्छ ? अदालतको आदेश र कानूनको शासन नमान्नेले कसरी समृद्ध काठमाडौं बनाउने हो । केही नीति सिती मान्नुछैन् । सम्वाद गर्नुछैन् । कानून मान्नुछैन् । धेरै नेताहरु फेल खाए, युवाहरुले सफल भएर देखाउनुको साटो अराजकता मच्चाउने । अस्तव्यस्त बनाउने, निराशा फैलाउने । द्धन्द्ध पैदा गर्ने अनि मान्छे रुवाउने ?’ उनले काठमाडौं महानगरमा २५ अर्ब बजेट हुँदापनि पुँजीगत खर्च २० प्रतिशत पनि हुन नसक्नु दुःखद् भएको टिप्पणी गरे । उनले भने,‘काठमाडौं असफल हुनुहुन्न । बालेनलाई असफल हुने छुट छैन् । राम्रो भएर अगाडि आउनुहोस । मेरो यही सुझाव छ ।’पूर्वमन्त्री साहले देशमा अहिले संघीयता नै नरहेको जिकिर गरे । उनले थपे,‘देशमा संघीयता नै छैन् । रावणले साधुको वस्त्र लगाउँदैमा साधु हुँदैन् । संघीयता भनेको प्रदेश पावरफुल हुनुपर्छ । बन्दुक र पैसाले राज्य चल्छ । बन्दुक भनेको प्रहरी र पैसा केन्द्रमा छन् । प्रदेशहरुसँग अधिकार छैन् ।’

साहले तराई÷मधेश उजाड हुनु र पानीको हाहाकारको अवस्थामा पुग्नुमा ठूला दलका ठूला नेताहरुको पनि हात रहेको सुनाए । उनले प्राकृतिक स्रोत र साधनको अधिकार स्थानीय तहलाई दिईनु र नगरपालिकाका टिकट क्रसर व्यवसायीहरुलाई दिईनुले चुरे दोहन भएको आरोप लगाए । उनले आज मधेशका कतिपय नगरपालिकाका मेयरहरु नै क्रसर व्यवसाय सञ्चालनमा व्यस्त रहेको भन्दै गएर हेर्न सुझाव दिए । कुराकानीनको क्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओली अहिलेका नेताहरुभन्दा राष्ट्रवादी नेता रहेको टिप्पणी गरेका छन् । एमाले अध्यक्ष ओली अरु नेताहरुभन्दा राष्ट्रवादी रहेको भनेर प्रशंसा गरे । उनले काठमाडौं महानगरका मेयर बालेन्द्र साहको परीक्षण हुनै बाँकी रहेको पनि बताए । उनले भने,‘बालेन साहको परीक्षण हुन बाँकी छ । केपी ओली राष्ट्रवादी नेता हो । सापेक्षित रुपमा केपी ओली अरु नेताहरुको तुलनामा राष्ट्रवादी नेता हो ।’

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily