Aadarsh-Daily

श्रोत नखुलेकाे १ करोड १ लाख नगद सशस्त्र प्रहरीद्वारा बरामद

ad-4p

सुनसरीबाट जेठ १९ गते शनिबार राती सशस्त्र प्रहरीले हुन्डिको आशंकामा १ करोड १ लाख रुपैयाँ बरामद गरेको छ।

content ad p2
content left

सुनसरी जिल्लाको हरिनगर गाँउपालिका-५ दुर्गा मन्दिर स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा१६च ७६१३ नम्बरको कारलाई शंका लागि चेकजाँच गर्दा कार भित्र बोरामा लुकाइछिपाइ राखेको सो रकम बरामद भएको हो ।

बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान (९७ लाख) र ५ सय दरको ८ सय थान (४ लाख) रहेको छ । रकमसंगै कार र चालक सुनसरी जिल्ला हरिनगर गाँउपालिका-५ बस्ने अन्दाजी बर्ष ३७ को ईसा अन्सारीलाई सशस्त्रले नियन्त्रणमा लिएको छ ।

प्रारम्भिक सोधपुछमा उनले सो रकमको श्रोत खुलाउन सकेका छैनन् । नगद रकम , कार र चालकलाई थप अनुसन्धान तथा कारबाहिका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने सशस्त्र प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily