Aadarsh-Daily

जनमतबाट मधेश सरकारमा २ मन्त्री थपिए

ad-4p

वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिस सिंहले आज ‘क्याबिनेट’ विस्तार गरेका छन् । शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भए लगत्तै १४ सदस्यीय मन्त्रीपरिष्द पुर्नगठन गरेका मुख्यमन्त्री सिंहले आज थप जनालाई मन्त्रीमा नियुक्त गर्दै मन्त्रीपरिषद् विस्तार गरेका हुन ।

content ad p2
content left

मुख्यमन्त्री सिंहले एक जनालाई वन तथा वातारण मन्त्री र एक जना विना विभागीय मन्त्रीमा समावेश गरेर मन्त्रीमण्डल विस्तार गरेका हुन् । दुबै मन्त्री मुख्यमन्त्री सिंहले जनमत पार्टीबाट सांसद त्रिभुवन साह वन तथा वातावरण र सकिल मियाँलाई बिना विभागीय मन्त्रीमा सिफारिस गरेका हुन ।

मुख्यमन्त्री सिंहले सिफारिस गरेका दुबै जनालाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम जिम्मेवारी र कार्य विभाजनसहित पुनर्गठन गरेकी हुन । मुख्यमन्त्री सिंहले मन्त्रीमा सिफारिस भएका साह र मियाँले आजै शपथग्रहण गरिसकेका छन् । प्रदेश प्रमुख भण्डारीले दुबैजनालाई एक समारोहबिच शपथ ग्रहण गराएकी हुन ।

सत्ता गठबन्धनमा भएको मन्त्रालय बाँडफाँटमा जनमतले मुख्यमन्त्री, एक मन्त्रालय र एक राज्यमन्त्री पाएको थियो । तर आज मुख्यमन्त्री सिंहले एक जनालाई बिना विभागीय मन्त्री थपेर २ जना मन्त्री नियुक्त गरेका छन् । जनमतका अध्यक्ष डा. सीके राउत अमेरिका भ्रमणबाट फर्केपछि साहलाई मन्त्री चयन गरिएको एक सांसदले बताए । योसंगै प्रदेशमा अब १६ सदस्यीय मन्त्रीमण्डल बनेको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily