Aadarsh-Daily

काठमाडौं महानगरपालिकाको शिक्षा विभागद्वारा सामुदायिक विद्यालयले भाडा लगाएका ६१ सटरमा ताला

ad-4p

काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले आज चार सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ सटरमा ताला लगाएको छ।शिक्षा विभागका प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले विद्यालयमा पुगेर व्यावसायिक प्रयोजनमा राखिएका सटर तथा टहरामा ताला लगाएको हो। ताला लगाइएका सटरहरूमा रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयका १७ सटर, बागबजारको सहिद शुक्र माध्यमिक विद्यालयका २२ सटर, डिल्लीबजारको विजय स्मारक माध्यमिक विद्यालयका ८ सटर, र पदमकन्या माध्यमिक विद्यालयका १४ सटर रहेका छन्।

content ad p2
content left

शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले भने, ‘शैक्षिक क्रियाकलापका लागि उपयोग हुनु पर्ने ठाउँ भाडामा लगाएर आय गरेका सटरहरूमा ताला लगाई प्रधानाध्यापकहरूलाई बुझाइएको छ। अब ती सटरहरू पुनः व्यावसायिक प्रयोजनमा चलाउन पाइने छैन। व्यवसायीहरूलाई आफ्ना सामान लैजान सात दिनको समय दिइएको छ।’महानगरपालिकाभित्रका ३७ विद्यालयले सटर वा विद्यालय परिसरमा टहरा बनाएर भाडामा लगाएको पाइएको छ। यी सबै सटर र टहरा शैक्षिक क्रियाकलापका लागि प्रयोगमा ल्याइनेछ। दाहालले थपे, ‘विद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक स्रोत महानगरपालिकाले प्रदान गरिरहेको छ। विद्यालयहरूले माग गरेको भन्दा धेरै कार्यक्रम पठाएको छ।’

प्रमुखको सचिवालय सदस्य सस्मित पोखरेलले भने, ‘विद्यालयहरू स्थान अभाव भएको बताउँदै शैक्षिक कार्यक्रम सञ्चालनमा असहज भएको गुनासो गरिरहेका थिए। तर, आफूसँग भएको स्थानलाई प्रयोगमा ल्याउने विषयमा कहिल्यै कुरा आएन। विद्यालयहरूमा विज्ञान र कम्प्युटर ल्याब बनाउनु पर्छ। पढ्ने संस्कृति बसाउन पुस्तकालय बनाउनु पर्छ। भाडामा लगाइएका स्थान खाली गरेर शैक्षिक क्रियाकलाप सञ्चालनमा उपयोग गरिनेछ।’विद्यालयको सम्पत्ति शैक्षिक क्रियाकलाप सञ्चालनमा उपयोग हुनुपर्छ। विद्यालयले सरकारी सम्पत्ति आफूखुसी भाडामा लगाउन पाउँदैनन्। कतिपय विद्यालयहरूले नक्सा स्वीकृत नगरी टहरा बनाएर भाडामा लगाएको पनि पाइएको छ। यी सबै ठाउँबाट व्यावसायिक प्रयोजन हटाइने र शैक्षिक क्रियाकलाप स्थापित गरिने महानगरले जनाएकाे छ।

सम्बन्धित खबर

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily

पचरौतामा केराउ बरामद , परिमाणबारे फरक–फरक दाबी

Aadarsh Daily

सदन नबसे पनि मधेश प्रदेश सांसदलाई मासिक लाखौँ तलबभत्ता

Aadarsh Daily