Aadarsh-Daily

वीरगञ्जको रानीघाट श्रिशिया नदीमा एक जना पुरुषको शव फेला

ad-4p

वीरगंज । पर्साको वीरगञ्ज महानगरपालिका -११ रानीघाट नजिक श्रिशिया नदीमा एक जना पुरुषको शव फेला परेको छ । सोमबार दिउँसो नदी किनारमा एक जना व्यक्ति मृत फेला परेको भन्ने सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

content ad p2
content left

कालो रंगको पेन्ट र कालो पहेंलो रंगको शर्ट लगाएका व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । करिब २५/३० वर्षको देखिने ती व्यक्ति स्थानिय ध्रुव तामाङ रहेको प्रहरीले जनाएको छ । शव मुचुल्का गरी नारायणी अस्पतालको शवगृहमा पठाउने तयारी भइरहेको छ ।

मृत भेटिएका ती व्यक्तिको अनुहारमा रगत देखिएको छ । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily