Aadarsh-Daily

न्यायाधीश गिरीलाई बलात्कार मुद्दामा सात वर्ष कैद, तीन लाख जरिवाना

ad-4p

बलात्कार मुद्दामा दोषी ठहर भएका न्यायाधीश भुवन गिरीलाई सात वर्ष कैद सजाय तोकिएको छ।

content ad p2

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले सोमबार सजाय निर्धारण गरेको सूचना अधिकारी मेलिस बास्कोटाले जानकारी दिए।

उनका अनुसार गिरीलाई ३ लाख जरिवाना तिराउन पनि फैसला भएको छ।
content left

उक्त रकम अपराध पीडित संरक्षण ऐन अन्तर्गत कोषमा जम्मा गरिने सूचना अधिकारी बास्कोटाले बताए। त्यही कोषमार्फत पीडितलाई क्षतिपूर्ति उपलब्ध गराइने उनले बताए।

यसअघि जेठ १३ गते भुसालको इजलासले निलम्बित न्यायाधीश गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो। सजाय निर्धारणका लागि सोमबार पेशी तोकिएको थियो।

गत चैत २१ गते सर्वोच्च अदालतका न्यायाधीशहरू हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले गिरीलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो। उक्त आदेशपछि फरार रहेका उनी वैशाख ३ गते काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए। त्यसयता उनी डिल्लीबजार कारागारमा छन्।

गिरी कपिलवस्तुमा जिल्ला न्यायाधीश थिए। त्यही बेला उनकी श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन्। सोही जाहेरीमाथि अनुसन्धान भई मुद्दा अदालतमा दर्ता भएपछि गिरीलाई न्यायपरिषदले निलम्बन गरेको थियो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily