
वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर २४ मा रहेको शारदा माध्यमिक विद्यालयमा सञ्चालित प्राविधिक शिक्षा प्रवर्द्धनका लागि सहयोग समिति गठन गरिएको छ ।
मंगलबार विद्यालयमा प्रधानाध्यापक विनोद मेहताको अध्यक्षतामा बसेको बैठकले प्राविधिक शिक्षा प्रबर्द्धनका लागि सर्व सहमतिमा ९ सदस्यीय सहयोग समिति गठन गरेको हो ।

श्याम सर्राफको संयोजकत्वमा गठन गरिएको सहयोग समितिको सदस्यमा प्रकाश थारु, संजिव मिश्रा, राजेन्द्र सिंह, अनिशकान्त कुशवाहा, प्रेम पटेल, सन्नी कुमार दुवे, कृष्ण कुशवाहा रहेका छन्।
गठित समितिले विद्यालयको प्राविधिक लगायतका शैक्षिक धारको प्रवर्द्धनका लागि आवश्यक पहल, प्रयास तथा कार्य गर्न गराउन सहयोग गर्नेमा आफू विस्वस्त रहेको प्रधानाध्यापक मेहताले बताए ।
समितिले आवश्यकता अनुसारको कार्यक्रम बनाउने ,रणनीति तय गर्ने तथा त्यस बमोजिमका कार्य गर्ने गराउने निर्णय पनि गरेकाे मेहताले जानकारी दिए।
विद्यालयले २०७३ सालमा सम्बन्धन प्राप्त गरि प्राविधिक शिक्षा तर्फको ३ वर्षे डिप्लोमा र १८ महिने प्रि–डिप्लोमा तह कृषि बाली विज्ञान (जेटिए) तथा भेटनरी (भिजेटिए) अध्यन अध्यापन गराउँदै आइरहेको छ ।

