Aadarsh-Daily

पोखरिया गाँउको घरगोठमा आगलागी हुदाँ लाखौंको धानमालको क्षति

ad-4p

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ स्थित पोखरिया गाँउमा शुक्रबार बिहान एक घरगोठमा आगलागी हुदाँ लाखौंको धानमाल क्षति भएको छ ।

content ad p2
content left

पोखरिया नगरपालिका वडा नम्बर ४ का इम्तियाज मियाँको फुसको गोठसहितको घरमा शुक्रबार बिहान आगलागी हुदाँ घरगोठ जलेर नष्ट भएको प्रहरीले बताए ।

शुक्रबार बिहान करिब ३ बजेतिर आगलागी हुदाँ जलेर एउटा भैंसी र १६ वटा खसीबाख्रापनि मरेको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक राजन दाहालले जाानकारी दिए । मियाँको घरगोठमा लागेको आगो पोखरिया नगरपालिकाको दमकलको मदतमा स्थानीयबासी र प्रहरीले मिलेर निभाएको उनले बताए ।
प्रारम्भिक अनुसन्धानका क्रममा मियाँको घरगोठमा विद्युत सर्ट भएर आगो लागेको देखिएपनि यसबारेमा थथप अनुसन्धान भइरहेको जानकारीपनि उनले दिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily