Aadarsh-Daily

कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख कुशवाहाकाे गाेली हानी हत्या

ad-4p

बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाकाे गाेली हानी हत्या गरेकाे छ ।शुक्रबार साँझ बाराकै आदर्श कोतवाल गाउँपालिका-३ बतरा टोलमा अज्ञात समुहले गोली हानी कुशवाहाकाे हत्या गरिएको हो।कुशवाहा, आदर्श काेतवाल गाँउपालिका-२ खजुरियाका स्थायी बासिन्दा हुन् ।खजुरिया गाँउबाट सदरमुकाम कलैया तर्फ आउने क्रममा बतरा टाेलमा शुक्रबार साँझ ६ बजेतिर उनिमाथि गाेली प्रहार गरिएको थियाे।

content ad p2
content left

काेखामा गोली लागेर गम्भीर घाइते भएका कुशवाहालाई उपचारका लागि वीरगन्जको गण्डकस्थित नारायणी बयोधा मेडिसिटी अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घाेषित गरेको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।

मोटरसाइकलमा सवार रहेका कुशवाहालाई अज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन्। मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरी फरार भएको भन्ने प्रारम्भिक रुपमा बुझिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। न्यौपानेले घटनाको थप विवरण खुल्न बाँकी रहेको बताए।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily