Aadarsh-Daily

बिभिन्न स्थानका श्रोतालाई जोड्दै क्वीज आवर – अधिवक्ता उपाध्याय

ad-4p

वीरगन्ज । रेडियो कार्यक्रम क्वीज आवरले बिभिन्न स्थानका श्रोतालाई जोड्दै सामाजिक एकता कायम गरेको अधिवक्ता प्रकाश उपाध्यायले बताएका छन । पब्लिक ब्रोडकाष्टिङग नेटवर्सले शनिबार आयोजना गरेको पुरस्कार बितरण कार्यक्रमलाई संबोधन गर्दै अधिवक्ता उपाध्यायले समाज अहिले अलग अलग बस्ने सोचका साथ अघि बढि रहेकोले उक्त सामाजिक दुरी कम गर्न काम क्वीज आवरले गरेकोमा प्रशंसा समेत वहाँले व्यक्त गर्नु भयो ।

content ad p2
content left

आउने दिनमा बिद्यार्थीहरुको लोक सेवामा जाने संकल्प यस प्रकारको कार्यक्रमले बढाउने भएकोले कार्यक्रमको निरनतरता दिन पनि वहाँले सुझाव दिनु भयो । यसै बिच नवदिप एकेडेमीकी संचालिका शुशिला साहले कार्यक्रम क्वीव आवर सबै सझा कार्यक्रम बन्दै गएकोमा खुशि व्यक्त गर्नु भयो ।

कार्यक्रममा काब्या एकेडेमीका निर्देशक हरिन्द्र कुशवाहा, शान्ति निकेतन बिद्यालयका संस्थापक नागेन्द्र सिंह,संकल्प लोक सेवा आयोगका संस्थापक अशोक साह, बान हब पोखरीयाका संचालक निरञ्जन साह, त्यसतै नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुवसिंह ठकुरी,अधिवक्ता चन्द्रीका पटेल,सामाजिक अभियन्ता कन्हैया पटेलको पनि कार्यक्रममा उपस्थिती रहेको थियो । कार्यक्रममा बिजेता १६ जनालाई अतिथिहरुको हातबाट पुरस्कार बितरण गरिएको थियो । सो कार्यक्रमको सहजिकरण राजेन्द्र सिंह राजपुतले गरेका थिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily