Aadarsh-Daily

बुढीगण्डकीको पानी पर्सा र बारामा पनि वितरण गर्ने व्यवस्था गरौंं :राप्रपाका अध्यक्ष लिङ्देन

ad-4p

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बुढीगण्डकी आयोजनालाई बहुउद्देश्यीय आयोजना बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङदेनले बुढीगण्डकीलाई बहुउद्देश्यीय आयोजना बनाएर त्यहाँको पानी चितवन,बारा,पर्सा र रौतहटमा वितरण गर्न उर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई सुझाव दिएका हुन्।

content ad p2
content left

’चितवन, बारा, पर्सा, रौतहट सुख्खाग्रस्त छ। यहाँ स्थानीय खानेपानीको समस्याबाट काकाकुल छन्। हामीले बुढीगण्डकीलाई बहुउद्देश्यीय आयोजना बनाएर यहाँको पानी चितवन, बारा, पर्सा, रौतहटमा लगियो भने हाम्रो पानी भारतले प्रयोग गर्ने कि नगर्ने अथवा उसले हामीलाई सहयोग गर्ने कि नगर्ने भन्ने विषयमा छलफल आवश्यक छैन। हामीले हाम्रो पानी आफै प्रयोग गर्छौं।’

लिङ्देनले देवघाटदेखि गोरखाको उत्तरी भेगसम्म जलमार्ग बनाउन सकिने सु्झाए। उनले व्यापक ढंगले छलफल गरेर अगाडि बढेमा एउटै आयोजनाले त्यस क्षेत्रको कायलपटल गर्न सकिने बताए। उनले तमोर जलाशययुक्त आयोजनालाई बजेटमा नसमेटिएको भन्दै आपत्ती जनाए।

अअध्यक्ष लिङ्देनले नेपाली लगानीलाई प्रोत्साह गर्नुपर्नेमा जोड दिए। उनले उर्जाको क्षेत्रमा लगानीका लागि विदेशीहरूलाई आमन्त्रण गर्न समेत आग्रह गरे। ऊर्जा उत्पादन र खपतका लागि विशेष प्रकारको नीति ल्याउनुपर्नेमा सरकारले त्यसतर्फ ध्यान दिन नसकेको टिप्पणी गरे।साभारः अन्नपूर्णपोष्टबाट

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily