Aadarsh-Daily

दुई वर्षदेखि वीरगंज भन्सारले मासिक लक्ष्य पनि भेटाउन सकेन

ad-4p

वीरगंज भन्सार कार्यालयले गत आवको तुलनामा चालू आवमा पनि लक्ष्य अनुसार राजस्व उठाउन सकेको छैन। वीरगंज भन्सारले गत आव २०७९/८० मा लक्ष्यको कम्तीमा ५०.३० र बढीमा ८५.५० प्रतिशतसम्म राजस्व सङ्कलन गरेको थियो। तर चालू आवमा कम्तीमा ५०.५३ र बढीमा ७५.९६ प्रतिशत राजस्व सङ्कलन गरेको छ।

content ad p2

वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी राघवलाल कर्णले गत आवको मङ्सिरमा सबैभन्दा कम राजस्व सङ्कलन भएको बताए। उनले सो अवधिमा २१ अर्ब ६९ करोड ४२ लाख ४५ हजार मासिक लक्ष्य रहेकोमा १० अर्ब ९० करोड ६० लाख ५६ हजार मात्र राजस्व सङ्कलन भएको बताए। यसैगरी गत आवमा सबैभन्दा बढी साउनमा १५ अर्ब २० करोड सात लाख ५५ हजार लक्ष्य रहेकोमा १२ अर्ब ९८ करोड ९९ लाख २३ हजार राजस्व सङ्कलन भएको बताए।

content left

चालू आव २०८०/८१ मा कात्तिकमा सबैभन्दा कम राजस्व सङ्कलन भएको उनले बताए। उनले कात्तिक महीनामा २० अर्ब ४३ करोड ८८ लाख ४३ हजार लक्ष्य रहेकोमा १० अर्ब ३२ करोड ८१ लाख ५० हजार मात्र राजस्व सङ्कलन भएको बताए। यसैगरी, चालू आवमा पनि साउन महीनामा सबैभन्दा बढी ७५.९६ प्रतिशत राजस्व सङ्कलन भएको सूचना अधिकारी कर्णले बताए। उनले साउनमा १५ अर्ब ६२ करोड ३७ लाख ७२ हजार लक्ष्य रहेकोमा ११ अर्ब ८६ करोड ८४ लाख ४७ हजार राजस्व सङ्कलन भएको जानकारी गराएका छन्।

सूचना अधिकारी कर्णका अनुसार भदौमा १९ अर्ब ३८ करोड छ लाख ७० हजार लक्ष्य रहेकोमा १२ अर्ब ७१ करोड २२ लाख २५ हजार (६५.५९ प्रतिशत), असोजमा २१ अर्ब ८४ करोड १९ लाख ५० हजार लक्ष्य रहेकोमा १४ अर्ब २७ करोड ४४ लाख २१ हजार (६५.३५ प्रतिशत), मङ्सिरमा २० अर्ब ४३ करोड ८८ लाख ४३ हजारको लक्ष्यमा १० अर्ब ३२ करोड ८१ लाख ५० हजार (५०.५३ प्रतिशत), पुसमा २१ अर्ब ५१ करोड ३९ लाख २६ हजारको लक्ष्यमा १२ अर्ब ७४ करोड १२ लाख ८५ हजार (५९.२२ प्रतिशत), माघमा १९ अर्ब ७४ करोड १३ लाख ९९ हजारको लक्ष्यमा ११ अर्ब ८३ करोड २७ लाख ५८ हजार (५९.९४ प्रतिशत), फागुनमा २१ अर्ब ३८ करोड ८१ लाख १९ हजारको लक्ष्यमा १३ अर्ब १३ करोड ४२ लाख आठ हजार (६१.४१ प्रतिशत), चैतमा २० अर्ब ७९ करोड ९ लाख २३ हजारको लक्ष्यमा १४ अर्ब ४५ करोड ६६ लाख १२ हजार (६९.५३ प्रतिशत) र वैशाखमा २० अर्ब ९० करोड ९८ लाख २३ हजारको लक्ष्यमा १३ अर्ब २९ करोड ४७ लाख ६४ हजार (६३.५८ प्रतिशत) राजस्व सङ्कलन भएको बताए।

उनले गत र चालू आवका कुनै पनि महीनामा लक्ष्य अनुसार राजस्व सङ्कलन हुन नसकेको बताए।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily