Aadarsh-Daily

पर्सागढीमा नगरसभा तोकिएपछि वडाध्यक्षहरूको आपत्ति

ad-4p

पर्सागढी नगरपालिकाका सातजना वडाध्यक्ष्ले ११औं नगरसभाको मिति तोकिएकोमा आपत्ति जनाएका छन्।

content ad p2
content left

उनीहरूले जेठ २ गते आफूहरूलाई खबर नै नगरी नगर कार्यपालिकाको बैठक गरिएको र नगरसभाको मिति घोषणा गरिएकोमा आपत्ति जनाएका छन्। वडाध्यक्ष् शङ्कर रायभर, सुकमान तामाङ, शेख खुर्सेद, नितेश मिश्र, नवलकिशोरप्रसाद कलवार, रामबढाई यादव र सुन्दरीदेवी थरुनीले आफूहरूलाई बैठकमा सहभागी नगराइ नगरसभाको मिति तोकिएकोमा आपत्ति जनाएका छन्। उनीहरूले नगर कार्यसमितिको बैठक एकलौटीरूपमा गरी नगरसभा गरिन लागेको भन्दै खेद व्यक्त गरेका छन्।

पर्सागढी नपामा नौवटा वडा छन् र त्यसमध्ये सातजना वडाध्यक्ष विरोधमा देखिएका छन्। कार्यपालिका भने १५ सदस्यीय छ। जसमा दुईजना वडाध्यक्ष्, नगरप्रमुख, उपप्रमुख र आठजना कार्यपालिका सदस्य गरी १० जनाको बहुमत छ। यही बहुमतको आधारमा नगरसभाको मिति तोकिएको हो। जसको विरोध ती वडाध्यक्षहरूले गरिरहेका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily