Aadarsh-Daily

बस दुर्घटना हुदा सर्लाहीको बागमतीमा ३ जनाको घटनास्थलमै मृत्यु

ad-4p

सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज(बिहीबार ) बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । केही गम्भीर घाइते भएका छन् ।

content ad p2
content left

पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिका-११, रायमाझी चोकमा रोकेर राखेको लरी(ट्रक)मा यात्रुबाहक बस ठोक्किंदा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै उद्धार गरी उनीहरूलाई हरिवनस्थित नमूना अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

रुपन्देहीबाट जनकपुरतर्फ जाँदै गरेको बस दुर्घटना भएको हो । बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगन्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।साभार:अनलाइनखबर

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily