Aadarsh-Daily

रास्वपाको मधेस प्रदेश स्तरीय अभियान तथा प्रचार प्रसार विभागको प्रमुखमा राम सर्राफ नियुक्त

ad-4p

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेश स्तरीय अभियान तथा प्रचार प्रसार विभागको प्रमुखमा वरिष्ठ पत्रकार राम कुमार सर्राफ नियुक्त भएका छन् ।

content ad p2

पर्साको मिर्जापुरस्थित एक विशेष कार्यक्रमका बीच रास्वपाका केन्द्रीय संगठन विभागका प्रमुख शंकर श्रेष्ठले सर्राफलाई पार्टीको मधेस प्रदेश स्तरीय अभियान तथा प्रचार प्रसार विभागको प्रमुखमा नियक्त गरिएको पत्र हस्तान्तरण गरेका हुन् ।

नियुक्ति पत्रमा सर्राफलाई मधेस प्रदेश स्तरीय अभियान तथा प्रचार प्रसारको विभागीय प्रमुखको जिम्मेवारी सुम्पिएको उल्लेख गरिएको छ । पत्रमा पार्टीको विधान, नीति, सिद्धान्त तथा विभागका नियमावली एवम् कार्यविधि पालना गर्दै आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।

content left

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सदस्यहरूको कार्यक्षमतामा विश्वास राख्दै विभिन्न विभागहरूमा नेतृत्वको जिम्मेवारी दिनेक्रममा सर्राफलाई विभागको प्रमुखमा नियुक्त गरिएको रास्वपा पर्सा जिल्लाका संयोजक हरि पन्तले बताए ।

सर्राफ वीरगञ्जबाट सञ्चालित यात्राडेली डटकमका अध्यक्ष हुन् भने राष्ट्रिय फोटो पत्रकार महासङ्घका पूर्व

मधेस प्रदेश प्रमुख पनि हुन् । विभिन्न सामाजिक गतिविधिमा समेत आबद्ध रहने सर्राफ सामुदायिक प्रहरी केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर-मुर्लीका अध्यक्ष पनि हुन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily