Aadarsh-Daily

नेपाल पत्रकार महासंघ रौतहट शाखामा तालाबन्दी

ad-4p

राैतहट । शुद्धिकरणको नाममा नेपाल पत्रकार महासंघले सदस्यहरुको निजीकरण गरिएको भन्दै नेपाल पत्रकार महासंघ रौतहट शाखाको कार्यालयमा तालाबन्दी गरिएको छ । शाखाका पूर्वअध्यक्ष रविन्द्र साहको अगुवाईमा रौतहटका क्रियाशील पत्रकारहरुले असार २२ गतेको निर्वाचन हुन नदिन तालाबन्दी गरेको हो ।

content ad p2

रौतहटमा डेढ सयभन्दा बढी पत्रकारहरु सक्रिय रहेको अवस्थामा जम्मा ३५ जना सदस्य कायम रहने गरी नवीकरण र शुद्धिकरण गरिएको हो । पहिलेदेखि ५६ जना सदस्य रहेको र ५१ जनाले नयाँ सदस्यताको लागि निवेदन दिएको अवस्थामा नेपाल पत्रकार महासंघमा नेतृत्व हत्याउन चाहनेले सबै नियम र प्रक्रिया मिची शुद्धिकरणको नाममा निजीकरण गरिएको भन्दै रौतहटका पत्रकारहरु आक्रोशित भएका हुन् ।

content left

तालाबन्दी गर्दै पूर्वअध्यक्ष साहले तोकिएको मितिमा रौतहटमा निर्वाचन हुन नसक्ने बताएका छन् । यसै गरी तालाबन्दी गरेर आफूहरु पूर्णतया सचेत रहेको पनि साहले बताएका छन् । यसै बिच मधेश प्रदेशका आठवटै जिल्ला शाखाले संयुक्त विज्ञप्ति जारी गर्दै यथास्थितिमा जिल्लामा निर्वाचन गराउन नसक्ने जनाएको छ ।

नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष श्रवणकुमार देव, सिरहाका अध्यक्ष मनोजकुमार बनैता, सर्लाहीका अध्यक्ष टंक बहादुर क्षेत्री, रौतहटका अध्यक्ष प्रेमचन्द्र झा, बाराका अध्यक्ष रेशम तिवारी, पर्साका अध्यक्ष अनुप तिवारी तथा महोत्तरीका सचिव राजकरण महतो र धनुषाका सचिव वटुकनाथ झाले नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले शुक्रबार प्रकाशन गरेको निर्वाचन तालिका र मतदाता नामावलीप्रति असहमति जनाउँदै असार २२ मा निर्वाचन हुन नसक्ने जनाएको हो ।

जिल्ला शाखाहरुले पठाएको सदस्यता नामावलीमा केन्द्रले मनोमानी तरिकाले थपघट गरेको भन्दै रौतहटका सम्पूर्ण जिल्ला शाखाले असहमति जनाउँदै निर्वाचन गराउन नसक्ने बताएपछि मधेश प्रदेशमा नेपाल पत्रकार महासंघको निर्वाचन नहुने करिब निश्चित भएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily