Aadarsh-Daily

गाजा र ४ किलो लागुऔषध सहित दुई जना पक्राउ

ad-4p

वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिकाबाट प्रहरीले ४ किलो लागुऔषध गाजा सहित दुइ जनालाई पक्राउ गरेको छ ।

content ad p2

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजंग बुढा थापाको नेतृत्वमा गएको गस्ती टोलिले उनीहरुलाई पक्राउ गरेको हो ।

content left

पक्राउ पर्नेमा भारत युपि विहार राजस्थानका ४४ वर्षिय कृष्णलाल पाण्डे, र जगरनाथपुर १ पिडारी निवासी ४२ वर्षिय शम्भु राम रहेका छन् ।

आइतबार राति १० बजेको समयमा जिराभवानी गाउँपालिका वडा नम्बर एक महादेवपट्टि स्थित ओरिया खोलाको बाटो हुदै भारत जाँदै गरेको दुवै जना सवार रहेको आर जे १३ एसओ २१८१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उनीहरुको साथबाट उक्त परिमाणमा गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

मोटरसाईल सहित दुईजनालाई नियन्त्रणमा राखि अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily