Aadarsh-Daily

पर्साको जगरनाथपुर गाउँपालिकाले ११ औं नीति तथा कार्यक्रम र बजेट प्रस्तुत

ad-4p

सेढवा । पर्साको जगरनाथपुर गाउँपालिकाले ११ औं नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षता एवम प्रदेश सांसद तथा नेपाली काग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको प्रमुख आतिथ्यमा नगरसभा सम्पन्न भएको हो ।

content ad p2

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ४४ करोड ३४ लाख २३ लाख र ५ सय रुपैया बराबरको नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । भौतिक पूर्वाधार तथा बिकास कार्यक्रममा ३ करोड ९० लाख, आर्थिक बिकास अन्तर्गत कृषि तथा पशु बिकासका लागि ९९ लाख रुपैयाको अनुमानित खर्चको बजेट बिनियोजन गरिएको छ ।

content left

त्यस्तै सामाजिक बिकासतर्फ शिक्षामा २ करोड ७० लाख, स्वास्थ्यमा ९२ लाख, खानेपानी तथा सिँचाईमा १ करोड ८४ लाख, खेलकुदमा ३७ लाख, लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा सामाजिक सुरक्षामा ५८ लाख, वन तथा विपद् व्यवस्थापनमा ३८ लाख, सोलार बत्ती बिजुली जडानमा ८५ लाख रुपैया बिनियोजन गरिएको छ ।

त्यस्तै मठ मन्दिर, मस्जिद साँस्कृतिक सम्पदा जगेर्नामा ३ करोड ९ लाख, कार्यालय संचालन तथा प्रशासनिक खर्च तथा कर्मचारीको तलब भत्ता १० करोड ८८ लाख अनुमानित खर्च हुने जनाईएको छ । नेपाल सरकारलको सशर्त चालु १५ करोड ८४ लाख, नेपाल सरकारको पुँजीगत खर्च ९० लाख, नेपाल सरकारको समपुरक अनुदान २० लाख, नेपाल सरकारको विशेष अनुदान ५० लाख, प्रदेश सरकारको समपुरक अनुदान २० लाख, प्रदेश सरकारको विशेष अनुदान ३० लाख गरि जम्मा बजेट ४४ करोड ३४ लाख २३ हजार ५ सय रुपैयाँ विनियोजन गरिएको हो ।

गाउँपालिका अध्यक्ष यादवले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुति गर्दै पालिकाका सबै वडामा सजिलै आउजाउ गर्न रिंग रोड तथा १५ शय्याको अस्पतालको निर्माण जस्ता ठूला योजना ल्याउने बताए । सभामा प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय, वडाध्यक्षहरु लक्ष्मी साह तेली, नेपाली प्रसाद कुशवाहा, सुभाष कुमार यादव, प्रभुनाथ प्रसाद नुनिया, बिहारी महतो नुनिया, अयोध्या प्रसाद कुर्मी, गा.पा का वडा सचिव, कर्मचारी, शिक्षक, बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।

यस्तै आजै पर्साकै, सखुवाप्रसौनी गाउँपालिका र पर्सागढी नगरपालिकाले पनि आज बजेट ल्याउँदैछन् । धोबिनी गाउँपालिकाको बजेट भने आज नआउने पालिकाले जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily