Aadarsh-Daily

लोसपाले कांग्रेस र एमाले बीच बनेको सत्ता समीकरणलाई समर्थन गर्ने निर्णय

ad-4p

हन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले नेपाली कांग्रेस र नेकपा (एमाले) बीच बनेको सत्ता समीकरणलाई समर्थन गर्ने निर्णय गरेको छ।

content ad p2

काठमाडौंमा बुधबार बसेको पदाधिकारी बैठकले कांग्रेस-एमाले समीकरणलाई स्वागत गर्ने निर्णय गरेको हो।

बैठकमा अध्यक्ष ठाकुरले कांग्रेसका सभापति शेरबहादुर देउवासँग मंगलबार भएको भेटबारे ब्रिफिङ गरेका थिए। लोसपा कांग्रेस नेतृत्वको प्रतिपक्षी दलहरूसँगै उभिएको थियो।

content left

कांग्रेसले राप्रपा, लोसपासहित दलहरूसँग मंगलबार छलफल गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारलाई राष्ट्रिय सहमतिको सरकारका रूपमा अघि बढाउन साथ दिन आग्रह गरेको थियो।

 अध्यक्ष ठाकुरका स्वकीय सचिव सत्यन्द्रकुमार मिश्रले कांग्रेस-एमाले समीकरणलाई सहयोग गरेर जाने निर्णय पार्टीले गरेको जानकारी दिए।
 प्रतिनिधि सभामा लोसपाका चार जना र राष्ट्रिय सभामा एक जना सांसद छन्।

कांग्रेस र एमालेबीच गत असार १७ गते नयाँ समीकरण बनाएर सरकार बनाउने र संविधान संशोधनलगायत विषयलाई दलहरूको सहमतिमा अघि बढाउने जस्ता सहमति भएको थियो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily