Aadarsh-Daily

मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

ad-4p

वीरगञ्ज । देशका धेरैजसो स्थानमा साधारणतया बदली रही कोशी,मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा अहिले हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो पनि देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

content ad p2
content left

कोशी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा हुने विभागको अनुमान छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २९ दशमलव ३ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । काठमाडौंमा पछिल्लो २४ घण्टामा २ मिलिमिटर वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै धनगढीमा १०२ मिलिमिटर वर्षा भएको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily