Aadarsh-Daily

रौतहटको बाग्मती नदीले बगाएको अवस्थामा दुई जनाको शव फेला

ad-4p

रौतहट । रौतहटको छुट्टाछुट्टै स्थानमा सोमबार बाग्मती नदीले बगाएर ल्याएको अवस्थामा दुई जनाको शव फेला परेको छ । रौतहटमै बाढीमा परेर एक युवक भने बेपत्ता छन् । माधव नारायण नगरपालिका ९ गढो गाउँ नजिक बाग्मती नदी किनारमा अन्दाजी ५३ वर्षीय पुरुषको शव फेला परेको छ ।सशस्त्र प्रहरी ११ नम्बर गण रौतहटबाट गएको टोलीले शवलाई बाहिर निकाली पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पठाएको छ ।

content ad p2
content left

शवको अहिले सम्म सनाखत हुन सकेको छैन । सशस्त्र प्रहरीका अनुसार यमुनामाई गाउँपालिका ४ स्थित नदी किनारमा अन्दाजी ३० बर्षिया महिलाको शव फेला परेको छ । स्थानीयको सूचनाको आधारमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बेलबिछावा र गणबाट गएको संयुक्त टोलीले महिलाको शव पानीबाट बाहिर निकालेको जनायो । शसस्त्र प्रहरीका अनुसार गरुडा नगरपालिका ५ महम्मदपुरका अनिल यादव बिहान घरबाट शौच गर्न बाहिर निस्केको बेला बेपत्ता भएका छन् ।

उनको खोजी गर्ने क्रममा नजिकको तलाउमा कपडा फेला पारे पछि डुबेको आशंका गरिएको छ । शसस्त्र प्रहरीले बिपद उद्धार समाग्री सहित तलाउ वरपर खोजी गरिरहेको जनायो । यादब अहिले सम्म फेला नपरेको सशस्त्र प्रहरीले जनायो । केही दिन देखि परेको बर्षाका कारण बाग्मतीमा आएको बाढीले बगाएको हुन सक्ने सुरक्षाकर्मीको ठम्याई छ । फेला परेको शवको अहिलेसम्म सनाखत हुन सकेको छैन ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily