
सिरहा । सिरहाको चोहर्वामा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ। सर्लाहीको पर्सा गाउँपालिका, सङग्रामपुर निवासी र सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वामा बस्दै आएकी ३० वर्षीया रोशिना खातुनको शुक्रबार मृत्यु भएको हो।

घटना अनुसार, खातुनलाई चुलोबाट खरानी निकाल्ने क्रममा सर्पले डसेको थियो। उनलाई तत्कालै जयकाली सर्पदंश उपचार केन्द्र, चोहर्वा सैनिक गण परिसरमा लगिएको थियो।
त्यहाँ उपचार सम्भव नभएपछि उनलाई कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा पुर्याइएको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार, उपचारकै क्रममा खातुनको मृत्यु भएको हो।

