Aadarsh-Daily

पर्साबाट तिन जनाले लिए मन्त्रीको शपथ, खानेपानीमा प्रदीप, कानुनमा अजय र सङ्घीय मामिलामा राजकुमार

ad-4p

वीरगञ्ज । पर्साले तीन जना मन्त्री पाएको छ । मधेसको आन्दोलनको जग एवम् राजनीतिक थलोको रूपमा परिचित पर्साबाट निर्वाचित तीन जना सांसद मन्त्री बनेका हुन् ।

content ad p2

पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप यादव, क्षेत्र नम्बर २ बाट निर्वाचित अजय चौरसिया, र क्षेत्र नम्बर ३ बाट निर्वाचित राजकुमार गुप्ता मन्त्री बनेका छन् ।

content left

निवर्तमान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री समेत रहेका अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट प्रदीप यादव खानेपानी मन्त्री बनेका छन् । यसअघि वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका यादवले अब खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । उनले आजै शपथ ग्रहण गरेका छन्।
अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् भने राजकुमार गुप्ताले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

तीन जना मन्त्री पाउने भएपछि पर्सा विकास र समृद्धिको बाटोमा अग्रसर हुने पर्सावासीले आशा गरेका छन् । जसपा, काँग्रेस, र एमाले गरी तीन वटै दलका सांसद मन्त्री बनेपछि जनतामा आशा पनि बढेको छ । एकै पटक तीन जनाले मन्त्रीको जिम्मेवारी पाएको पर्सामा यो पहिलो पटक हो ।

प्रदीप यादव, अजय चौरसिया, र राजकुमार गुप्ताले मन्त्रीको शपथ ग्रहण गरेका छन् । उनीहरूलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले शितलनिवासमा आयोजित शपथ ग्रहण कार्यक्रमका बिच मन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै उनीहरूले पनि मन्त्रीको शपथ ग्रहण गरेका हुन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily