Aadarsh-Daily

पर्साको पटेर्वा सुगौली गाँउपालिकामा किसानहरुलाई कृषि उपकरण र विषादी वितरण

ad-4p

पर्सा । पर्साका किसानहरुलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चैते धान क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत अनुदानमा कृषि उपकरण र विषादी उपलब्ध गराइएको छ ।

content ad p2
content left

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चैते धान क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत धान जोन इकाई पर्साले जोतपुर कृषि सहकारी संस्था लिमिटेड मार्फत पर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ५ निचुटाका किसानहरुलाई सिंचाइका लागि विद्युतीय मोटर, विषादी छर्कने स्प्रे ट्यांकी, डिजिटल तराजु र जिंक जाइम उपलब्ध गराएको हो ।

कृषि यान्त्रिकीकरण ५० प्रतिशत अनुदानमा १५ थान विद्युतीय मोटर,४० थान स्प्रे ट्यांकी , ६ थान डिजिटल तराजु र १ हजार प्याकेट जिंक जाइम किसानहरुलाई वितरण गरिएको जोतपुर कृषि सहकारी संस्थाका अध्यक्ष दरोगा मियाँले बताए ।

मियाँकै अध्यक्षतामा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक मोहनजंग थापा, जसपा नेपाल पर्साका उपाध्यक्ष नागेन्द्र यादव, युवा नेता दीपक यादव ,नेपाली कांग्रेसका काशी साह तेली, नेकपा एमालेका पुरन यादव, नेपाल रेडक्रस सोसाइटी निचुटा उपशाखाका प्रतिनिधि नन्दलाल चौधरी, पौरखी बचत तथा ऋण सहकारी संस्थाका गौतम चौधरी, साना किसान सहकारी संस्था निचुटाका अध्यक्ष किसुन थारु, जसपाका इकाई अध्यक्ष रामचन्द्र यादव ,रामानन्द मिश्रा, अब्दुल आलम लगायतकोपनि उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily